ठाकुर राम बहुमुखी क्याम्पसको बि.बि.ए शंकाय द्वारा खेलकुद सप्पन्न

वीरगञ्ज । ठाकुर राम बहुमुखी क्याम्पस अन्तरगत बि.बि.ए शंकाय द्वारा आज वार्षिक खेलकुद कार्यक्रम सप्पन्न भएको छ।

आज भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले पानसमा बत्ति बालि उदघाट्न गर्नु भएको थियो।प्रमुख अतिथिको रुपमा रहेका इम्तियाज आलमलाई क्याम्पसमा टीका र खादा लगाएर स्वागत गरिएको थियो।

ठाकुर राम बहुमुखी बहुमुखी क्याम्पसका बि.बि.ए.शंकायले विभिन्न विधामा रहेर खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो। उक्त खेलकुद प्रतियोगितामा फुटबल,क्रिकेट,ब्याडमिन्टन,टेबल टेनिस,डेड लिफ्टि जस्ता प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरेको क्याम्पसले जनाएको छ । उक्त प्रतियोगितामा सबै भन्दा धेरै खेलमा अग्रता लिएको संकायलाई उपाधी प्रदान गर्ने सर्त अनुसार वि.वि.ए संकायले उपाधी हात पार्न सफल भएको कार्यक्रमका संयोजक सुशील भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका उपमेयर इम्तियाज आलमले मन्तव्य राख्दै क्रममा क्याम्पस स्तरमा आयोजित यस्ता प्रतियोगितात्मक खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा आपसमा मेलमिलाप एवम भाइचाराको सम्बन्ध कायम गर्न सहयोग पुग्ने बताउनुभयो । खेलकुदले खेलाडी उत्पादनका साथै शारीरिक स्वास्थ्यका लागि समेत अति आवश्यक हुने बताउदै विद्यार्थीको नेतृत्व र व्यक्तित्ब विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

क्रिकेट,बेडमिन्टन प्रयोगीता कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो बिजेताहरु लाई प्रमुख अतिथीको हाथबाट ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियोे। बि.बि.ए.क्याम्पसका प्रमुख सुशील भट्टराई,ठाकुर राम बहुमुखी क्याम्पस प्रमुख उमेश कुमार चौरसिया,स्टोर प्रमुख गिता मेम,लेखा प्रमुख गुन्जन सिंह,सन्तोष गुप्ता,वीरगंज महानगरपालिकाका उपमेयरका स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता,लगायतको उपस्तिथी रहेको थियो। उक्त कार्यक्रमको स्वागत मन्तव्य रघुनाथ चौरसियाले राखेका थिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.