वीरगञ्ज । स्ववियु निर्वाचन नजिकिदै गर्दा ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको नाम सहित प्रकाशित गरेको भन्दै आज ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद भएको छ ।
बिबाद क्रमस बढदैजादा आक्रोशित विद्यार्थीहरुले क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका छन ।
क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख रामबिनय प्रसाद यादवले बिधार्थीको नामावलीमा चलखेल गरेको भन्दै आक्रोशित बिधार्थीहरुले उनको राजिनामा माँग गर्दै आगजनी गरेका छन ।
क्याम्पसमा आगजनी भएपछि प्रहरीले अनेरास्वबियु क्रान्तिकारीका नेता शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका बिद्यार्थी नेता अभिषेक चौहान सहीत तीन जना बिधार्थी नेताहरुलाई नियन्त्रणमा लिएको छ ।
अगामी चैत ५ गते स्वबियु निर्बाचनका लागी क्याम्पसमा अध्यनरत रहेका बिधार्थीहरुको नामावलीमा भएको त्रुटिको बारेमा अहिले क्याम्पस प्रमुख डा.उमेश कुमार चौरसियाको उपस्थितीमा बिबाद मिलाउन बैठक बसिरहेको जानकारी प्राप्त भएको छ ।