जुनियर नकआउट फुटबल प्रतियोगितामा आज ५ खेल सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा आइतवारदेखि सुरु भएको जुनियर नकआउट फुटबल प्रतियोगिताअन्र्तगत आज ५ वटा खेल भएका छन् ।

निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सन वीरगञ्ज महानगरद्वारा वीरगञ्जको नारायणी रंगशालामा जारी प्रतियोगिता आज ५ खेल सम्पन्न भएका हुन् ।

आज भएको पहिलो खेलमा बिपिएस स्कुललाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै मास्कट एकेडेमी बिजयी भएको छ ।
त्यस्तै आजै भएको दोस्रो खेलमा हिमालय पिरामिडले सहभागिता नजनाएपछि काभेरी एकेडेमी स्वतः बिजयी भएको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

प्रवक्ता संग्रौलका अनुसार आजको तेस्रो खेलमा डिपिएस स्कुललाई ० का विरुद्ध २ गोलले हराउँदै मुनलाईट मावि बिजयी भएको छ ।
आजकै चौथो खेलमा गौतम मावि बिजयी भएको छ । डिएभी स्कुललाई ० का विरुद्ध २ गोलले पराजित गर्दै गौतम मावि बिजयी भएको हो ।

नवदीप एकेडेमी र श्री आदर्श माविबिचको आजको अन्तिम खेल भएको थियो ।

अन्तिम खेल अत्यन्तै रोचक एवम् प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयभित्र दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा आदर्श माविलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै नवदीप एकेडेमी बिजयी भएको प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष आलोक चौरसियाले जानकारी दिए ।

आज ४ खेल हुने पूर्व निर्धारित तालिका भएपनि एउटा खेलमा हिमालय पिरामिड अनुपस्थित भएपछि पाँच वटा खेल खेलाइएको चौरसियाले बताए ।

उनका अनुसार भोली पनि ४ वटा खेल हुनेछन् । न्यु वैभ स्कुल र ज्ञान ज्योतीबिच पहिलो खेल बिहान ८ बजे हुनेछ । त्यस्तै ९ बजेदेखि एस आर ग्यालेक्सी र मनकामना माविबिच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ बजेदेखि सनलाइट स्कुल र लिटल फ्लावर स्कुलबिच प्रतिस्पर्धा हुनेछ ।

भोलीको अन्तिम खेल अपरान्ह ३ बजेदेखि साउथ जोन मावि र नवदीप एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ ।
कक्षा ८ सम्म ४ फिट १० इन्च उचाई भएका विद्यार्थीहरुले मात्रै सहभागिता जनाएका छन् ।

प्रतियोगितामा २५ वटा स्कुलले सहभागिता जनाएका छन् । आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.