वीरगञ्ज । दशैं, तिहार, दिपावलीलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय पर्साले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभियान नारा सहित आज वीरगञ्जमा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।
चाडपर्वको समयमा यात्रुवाहक गाडीले मनपरी भाडा नियन्त्रण र मादक पदार्थ सेवनगरी गाडी नचलाउन आज वीरगञ्जको बसपार्कमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ।
उक्त कार्यक्रममा बस व्यवसायी, स्थानिय जनप्रतिनिधि समाजिक अभियनता लगायतको सहभागीता रहेको थियो ।