जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

पर्सा । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ। यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ। नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो। नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो। नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो। हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.