पर्सा । भखैरै भूकम्पले थिलथिलो बनाएको जाजरकोटमा कालेगाउँमा हाइस दुर्घटना भएको छ ।
नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो ।
सो हाइसमा चालकसहित नौजना सवार रहका थिए । त्यसमा दुईजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले बताए ।
उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।