जनकपुरको बिग मार्टमा आगलागी, सम्पूर्ण सामान जलेर नष्ट

फाईल /फोटो

पर्सा । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ ।

शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको क्षति भएको छ ।

आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको प्रहरीले जनाएको छ । आगो करिब ९५ प्रतिशत नियन्त्रणमा आइसकेको तर, पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ, भने घरमा पनि क्षति पुगेको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.