चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

पर्सा । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । आक्रमणबाट अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैडाले आक्रमण गरेको हो ।

गैडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । आक्रमणबाट स्थानीय ५७ वर्षीय टंकनाथ रेग्मी घाइते छन् ्। रेग्मी भने सामान्य घाइते भएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.