गृहमन्त्री रमेश लेखक भन्छन “मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा हुदैंन”

पर्सा । गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् । केही दिनअघि भारतीय रअका पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताए ।

गृहमन्त्री लामिछानेले अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पारेका हुन् । ‘यो सरकार कसैले काँहीनबाट कोसिस गरे पनि बदल्ने वाला छैन’ गृहमन्त्री लेखकले भने ।

सरकार फेर्ने, मन्त्री फेर्ने हल्ला अस्थिरता चाहनेहरूले कुनाकाप्चाबाट गरेको भए पनि त्यो सफल नहुने उनको भनाइ छ । सरकार बन्न पाएको हुँदैन, सरकार फेरिन्छ भन्ने हल्ला चलाउने प्रचलन बनिसकेको उनले बताए ।

‘यो सरकारलाई साउन कट्दैन भन्थेँ, दसैँ तिहार कट्दैन भन्थेँ, त्यो त पूरा भइसक्यो नि’ गृहमन्त्री लेखकले भने –‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थेँ, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन ।’

उनले अस्थिरता चाहनेहरूले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गरे ।

उनले हालै सम्पन्न भएको उपनिर्वाचनले काँग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रूपमा स्थापित गरेको दाबी गर्दै ठूला दुईदल बीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए । ।

उनले देशका ठूला पार्टीहरू मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.