क्यानले आफ्नै खर्चमा सन्दीपलाई विश्वकप खेल्न पठाउने

पर्सा । नेपाल क्रिकेट संघ(क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई आइसिसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै सन्दीपले विश्वकप खेल्न पाउने भएका हुन् ।

विश्वकपमा २५ मे सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने आइसिसीको नियम छ । सन्दीपलाई विश्वकपमा पठाउनका लागि अन्तिम १५ बाट एकजना हटाउनुपर्छ ।

कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले कसलाई हटाउने निर्णय गर्न पाउँछन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार क्यानले सन्दीपको खर्च ब्यहोरेर उनलाई विश्वकपमा पठाउने तयारी गरेकाे छ ।

‘भोलिसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौँ,’उनले भने, ‘हामी शतप्रतिशत सन्दीपलाई खेल्न पठाउँछौँ ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.