कास्कीमा दर्ता भएको जाहेरीमा गृहमन्त्री रविको नाम पहिलो नम्बरमा (जाहेरीसहित)

फाईल /फोटो

पर्सा । सर्वोच्च अदालतले सहकारी ठगीका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेपछि नयाँ तथ्य खुलेको छ ।

सर्वोच्चले आइतबार मगाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको जाहेरीमा पहिलो नम्बरमै उनको नाम उल्लेख रहेको पाइएको छ ।

यसअघि गृहमन्त्री लामिछानेले सहकारी पीडितले दिएको उजुरीमा आफ्नो नाम कहीँ कतै उल्लेख नभएको बताएका थिए । यदि आफ्नो नाममा उजुरी परेको भएमा राजनीति नै छाड्ने उनले बताएका थिए । ​

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको थियो ।​ सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको पाइएको हो ।

जसमा ‘लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने’ उल्लेख छ ।

उक्त जाहेरीपछि दीपेश पुनसहितलाई मुद्दा दायर गरिए पनि पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो ।सर्वोच्चले सो रिटको अर्को पेशी २८ गतेका लागि तोकेको छ । यसअघि सर्वोच्चले सबै विपक्षीसँग लिखित जवाफ पनि मागेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.