कांग्रेस र एमालेको निष्कर्ष : गृहमन्त्री लेखक निर्दोष छन, वहाँमाथीको प्रहार जायज छैन

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ ।

सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बसेर यस विषयमा छलफल गरेपछि कांग्रेसले मन्त्री लेखकमाथिको आरोप निराधार भएको ठहर गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक अनियमिततामा संलग्न नभएकोप्रति पार्टी विश्वस्त रहेको बताए । उनले भने, ‘जहाँसम्म गृहमन्त्रीज्यूको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं। जो संलग्नलाई कारबाही हुनुपर्छ।’

प्रवक्ता महतले लेखकमाथि जबरजस्ती आरोप लगाउँदै अफवाह फैलाउने कार्य भइरहेको भन्दै त्यसप्रति आपत्तीसमेत जनाए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष कांग्रेसले निकालेको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.