(एसइई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थी मौका परीक्षामा सामेल हुन पाउने

फाईल /फोटो

पर्सा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थी मौका परीक्षामा सामेल हुन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षा मन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् । तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको हो ।

मन्त्रालयका प्रवक्ता केशव दाहालका अनुसार लेटेर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय गरिएको हो ।

‘अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ,’ प्रवक्ता दाहालले भने, ‘यसको लागि लेटर गेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ ।’

पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको छ ।

बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ । यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.