एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरे : अध्यक्ष केपी शर्मा ओलीले

फाईल/ फोटो

पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एकपटक आफूले गरेको संसद विघटनको बचाउ गरेका छन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै उनले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताए ।

पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद विघटन गरेको बताए। तत्कालीन नेकपाका अध्यक्ष रहेको उक्त भनाइ अर्का अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति लक्षित थियो ।

संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे। राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरे पनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको उनले बताए।

ओलीले आगामी निर्वाचनबाट काठमाडौं जिल्ला एमालेको किल्ला हुने दाबी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए।

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने दाबी गरे।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.