एकदिवसीय क्रिकेट विश्वकपमा अगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित

पर्सा । एकदिवसीय क्रिकेट विश्वकपमा अगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। सोमबार चेन्नईमा भएको खेलमा अफागिनस्ताले पूर्वविश्व च्याम्पियन पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो। एकदिवसीय क्रिकेट इतिहासमा पाकिस्तानविरूद्ध अफगानिस्तानको यो पहिलो जित हो।

टस जितेर पहिले ब्याटिङ गरेर पाकिस्तानले दिएको २८४ रनको लक्ष्य अफगानिस्तानले १ ओभर बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानले दिएको गरेको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका तीन ब्याटरले अर्धशतकीय इनिङ खेले भने एक जना ४८ रनमा नटआउट रहे। अफगानिस्तानका लागि रहमनुदल्लाह गुरबाजले ६५ र इब्राहिम जदरानले ८७ रनको योगदान दिए।

ओपनिङका लागि आएका गुरबाज र जदरानबीच पहिलो विकेटका लागि १३० रनको साझेदारी भएको थियो। गुरबाज आउट भएपछि ब्याटिङका लागि आएका रहमत शाहले अविजित ७७ रनको योगदान दिए। जदरान आउट भएपछि ब्याटिङका लागि आएका कप्तान हसमुतल्लाह सहिदी र शाहबीच विजयी साझेदारी भयो। सहिदी ४८ रन बनाएर नटआउट रहे।

एकपछि अर्को ब्याटरबीच भएको साझेदारीले अफगानिस्तानले जितको लक्ष्यसम्म पु¥याउन सहज बनायो। विश्वकपमा कमजोर ठानिएको अफगानिस्तानले यसअघि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई पराजित गरेको थियो।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले खराब सुरूवात गरेको थियो। विश्वकपमा डेब्यू गरेका अफगानिस्तानका स्पिनर नूर अहमदसामू पाकिस्तानका ब्याटर धारासायी भए।
नूरले अफगानिस्तानका लागि ३ विकेट लिए। पाकिस्तानका तर्फबाट कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए। ७४ रन बनाउन बाबरले ९२ रनको सामना गरे।

ओपनिङका लागि आएका अब्दुल्ला साफिकले ५८ रन बनाए। त्यस्तै इमाम–उल–हकले १७, मोहम्मद रिजवानले ८, साउद सकीलले २५, सहदाब खान र इफ्तिकार अहमदले समान ४० रनको योगदान दिए। साहीन अफ्रिदी ३ रन बनाएर नटआउट रहे।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.