उमेर र योग्ता नपुग्दै बबली संगै रिंकुले पनि नियूक्ती पाएको खुलासा

वीरगञ्ज । वीरगञ्ज महानगरपलिका वडा–२४ मा रहेको श्री राम जानकी आधारभूत विद्यालयमा उमेर र योग्ता नपाउदै बबली कुमारी संगै अर्कि रिंकु कुमारीलाई नियूक्ती पाएको खुलासा भएको छ।

तत्कालिन गा.वि.स बगही वडा– ६ परिर्वतित वीरगञ्ज महानगर वडा–२८ बस्ने वर्ष १५ कि बबली कुमारीलाई उमेर नपुगदै नियूक्ती पाएको खुलासा भएसंगै अर्कि बाल विकास सहयोगी शिक्षिकाको रुपमा कार्यरत रिंकु कुमारीलाई जिल्ला शिक्षा कार्यालयले रामजानकी प्रा.वि.मा रमाना गरेको पत्र अनुसार हाजिर गराउन विद्यालय व्यावस्थापन समितिको सर्वसहमतिले निर्णय गरेको भनिएपनि उनको जिल्ला शिक्षा कार्यालबाट दिईएको नियुक्तिपत्रको कुनै प्रमाण भेटिएको छैन ।

विद्यालयको लेडर प्याडमा विद्यालय व्यावस्थापन समितिको बैठकको मिति र जिल्ला शिक्षा कार्यालयले पठाएको भनी उल्लेख गरिएको चलानी नम्बर पनि केरमेट गरि लेखिएको छ । जिल्ला शिक्षा अधिकारीलाई सम्बोधन गरी लेखिएको लेटर प्याडमा विद्यालय व्यावस्थापन समितिको मिति २०६८।५।१० उल्लेख गरिएको ठाउँमा ५ गतेलाई ८ गते बनाईएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय पर्साको चलानी नम्बर ४० लेखिएको ठाउँमा पनि केरमेट गरेर ५५ लेखिएको छ । राजनिति दवाबमा केहीवर्ष यो विषय लुकाईए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत महानगरको शिक्षा महाशाखामा स्थानीयले उजुरी गरे पश्चात यो बिषय बाहीर आएको हो ।

बबलीको उमेर र योग्यता नपुग्दै झुक्याएर नियूक्ती लिएको भन्दै महानगरमा स्थानियले पटक पटक उजुरी गरेपछि महानगरपालिकाले बबलीको ९ महिनाको पारिश्रमिकत समेत रोक्का गरेको थियो ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने काम अख्तियारको रहेको भन्दै बबलीको तलब नरोक्न निर्देशन दिएपछि महानगरपालिकाले बबलीको तलब निकासा गरेको बुझिएको छ ।

अख्तियारमै उजुरी परेपनि अहिलेसम्म कुनै ठोष कारर्वाही भने भएको छैन । आयोगले महानगरलाई कारवाही गर्न पटक पटक पत्रचार गरेपनि महानगर अन्तरगतका शिक्षा महाशाखाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजनिति दबावका कारण यस बिषयमा वीरगञ्ज महानगरले कुनै प्रतिक्रिया दिन मानेको छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.