आजको मौसम- सामान्यतया सफा रहने

पर्सा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ ।बिहानको समयमा उपत्यकालगायत तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.