आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप पहिलो खेलामा नेपालको सानदार जित

पर्सा । आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गतको पहिलो खेलामा नेपालले सानदार जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्याे। नेपालको जितमा ओपनर कुशल भुर्तेलले ७४ रनको योगदान गर्ने क्रममा ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे।

त्यसअघि विहान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनायो। सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको बनाए। उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन्। त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए। उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन्। त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.