अवस्था तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लाग्यो

पर्सा । हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ । अवस्था तनावग्रस्त बनेपछि अहिले जिल्ला प्रशासन  पर्साले कर्फ्यु जारी गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेका थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको प्रहरीले जनाएकाे छ । झडपको क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.