अनिल कुमार सिंहको भव्य स्वागत

वीरगञ्ज । प्रादेशीक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पर्साका व्यवस्थापन समितिमा मनोनित भएका अनिल कुमार सिंहको भव्य स्वागत गरीएको छ ।

चिकित्सालयबाट प्रवाह हुदै आएको सेवालाई अझ प्रभावकारी बनाउन मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाल्गुन १८ गते सिंहलाई प्रादेशीक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय पर्साका व्यवस्थापन समितिमा मनोनित गरेको थियो ।

आज एक कार्यक्रमको आयोजना गरी चिकित्सालयले व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार सिंहको भव्य स्वागत गरिएको हो ।

सिंह सहित व्यवस्थापन समितिमा मनोनित भएका सबैलाई खादा, माला र अबिर लगाई कार्यालयमा स्वागत गरीएको कार्यालयका सुचना अधिकारी तथा वरिष्ठ कविराज निरिक्षक नागेन्द्र प्रसाद पटेल ले गतिशिल दैनिकलाई जनाकारी दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.