अधिवक्ता दिनेश त्रिपाठीमाथी हातपात गर्ने रास्वपाको कार्यकर्ता नभएको खुलासा

वीरगञ्ज । काठमाडौं जिल्ला अदालत अगाडी अधिवक्ता दिनेश त्रिपाठीमाथी हातपात गर्ने रास्वपाको कार्यकर्ता नभएको खुलेको छ ।

पक्राउ परेका दोलखा तामाकोशी नगरपालीका –१ बस्ने बर्ष ४८ का ललित केसी रास्वपाका नभई नेपाली कांग्रेसका कार्यकता रहेको खुलेको छ । उनि ललितपुर टिकाथलिमान डेरागरी बस्ने गर्छन ।

रास्वपाका कार्यवाहक प्रवक्ता प्रतिभा रावतका अनुसार पार्टीले आन्तरीक छानविन गर्दा रास्वपा आवद्ध कुनै प्रमाण नभेटेको बताईन ।

रास्वपाका सह–कोषा अध्यक्ष दिपाक बोहराले अधिवक्ता दिनेश त्रिपाठीमाथी हातपात गर्ने केसी नेपाली कांग्रेसको कार्यकर्ता रहेको बताएका छन । कांग्रेसको कार्यर्ताले आफ्‌नो भिडभित्र गलत नियतले आएका हुन अथवा रविलामिछानेको समर्थनमा आएका हुन भन्ने स्पष्ट नभएको बोहोराको भनाई रहेको छ ।

यता तमाकोशीको एक वडा अध्यक्ष सुन्दर केसीले काठमाडौंमा घरग्गाको कारोवार गर्दै आएका आरोपी   ललित केसी नेपाली कांग्रेसको कार्यकर्ता रहेको र पछिलो केही समय देखी रास्वपा तिर ढल्कीदै गएको बताएका छन । भने प्रहरीले ललितको राजनितक पृष्टभुमि सार्वजनिक गरेको छैन ।

कुटाई खाने अधिवक्ता दिनेश त्रिपाठी नेपाली कांग्रेस पृष्टभुमिका हुन, उनि २०७० सालको निर्वानमा नेपाली कांग्रेसबाट रुपनदेही ७ बाट उठेर हारेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.